२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

अ+ अ-

कर्णाली । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो । यसमा सबैभन्दा बढी मतदाता सङ्ख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता सङ्ख्या रहेको छ ।

त्यसै गरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुम पश्चिममा एक लाख छ हजार छ सय ६०, कालिकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुको ३६ हजार ३१ र हुम्लाको ३४ हजार तीन सय ७२ मतदाता सङ्ख्या रहेको छ । 

त्यस्तै, १० जिल्लाको लागि नौ सय ४१ मतदान स्थल र एक हजार एक ३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाइँले जानकारी दिनुभयो । सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालिकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुम पश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदान केन्द्र रहेको उनले बताए । 

त्यसै गरी, मतदान केन्द्र सल्यानमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुम पश्चिममा एक सय ४०, कालिकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९ डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन् ।

सूचना अधिकारी चौलागाइँका अनुसार विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकोमा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर दश लाख ३७ हजार दुई सय ५० पुगेका छन् । यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।