२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पूर्वबाट चुनाव लड्न ‘सकारात्मक’ छन् ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वबाट चुनाव लड्न जिल्ला नेताहरूले अनुरोध गरेका छन् । आफ्नो अनुरोधमा ‘प्रचण्ड’ सकारात्मक रहेको नेताहरूले बताएका छन् ।

चुनावबारे छलफल गर्न साविक माओवादी केन्द्रका नेताहरूको टोली काठमाडौँ आएको छ । सो टोलीले दुई दिनसम्म ललितपुरको एक क्याफेमा ‘प्रचण्ड’सँग छलफल गरेको थियो ।

छलफल सकारात्मक रहेको रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बराल (गौतम) ले बताइन् ।

रुकुम पूर्वबाट काठमाडौँ आएका जिल्ला इञ्चार्ज तेजबहादुर ओली (प्रतीक), संयोजक बराल, पूर्ण घर्ती, दलजित शेर्पाली, होमप्रकाश श्रेष्ठ (हिमाल) लगायत नेताहरूसँग ‘प्रचण्ड’ले छलफल गरेका थिए । छलफलमा रुकुम पूर्वकै नेताहरू पार्टी केन्द्रीय कार्यालयका सचिव गणेशमान पुन, पार्टी केन्द्रीय सदस्य सुबोधराज शेर्पाली, सरल सहयात्री, केशव रावल लगायतका नेताहरू पनि सहभागी थिए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वले प्रत्यक्षतर्फ नौ जना आकांक्षीको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ तेजबहादुर ओली, गणेशमान पुन, दलजित शेर्पाली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो ।

समानुपातिकतर्फ सुनिता बुढा (महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित)बाट सिफारिस भएका छन् ।

तत्कालीन माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ सुरु गरेको रुकुम पूर्वलाई आधार इलाका भनेर पनि ठान्ने गर्दछ । अहिलेसम्म पनि माओवादीको पकड बलियो मानिने भएकाले रुकुम पूर्व प्रचण्डलाई सुरक्षित हुने ठानिएको छ ।

छलफलमा सहभागी अर्का एक नेताले पनि रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्ड ‘नब्बे प्रतिशत सकारात्मक’ भएको बताए ।

‘प्रचण्ड’ले अझै समय बाँकी रहेकाले छलफललाई निरन्तरता दिने बताएका छन् । यस विषयमा ‘प्रचण्ड’ दिल्लीबाट फर्किएपछि छलफल गर्ने तयारी छ ।