२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

अ+ अ-

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता छन् भने सबैभन्दा कम  साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रविन मगरले जानकारी दिए ।

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जनाले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेका निर्वाचन अधिकारी मगरले जानकारी दिए । उनका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पुरानाको अद्यावधिक गर्दा जिल्लामा यसअघि कायम भएकामा थप एक हजार ८८१ जना नयाँ मतदाता थपिएको छन् ।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि संघीय सरकारले मुख्य निर्वाचन अधिकृतसमेत खटाइसकेको छ ।