२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनको वातावरण बनेको छ’ : कानूनमन्त्री सिन्हा

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक वातावरण बन्दै गएको बताएका छन्। निर्वाचन आयोगले प्रतिनिधी सभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजना गरेको ‘मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी’मा उनले मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुने बताए ।

“भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको छ, निर्वाचन आयोगसँगको निरन्तर छलफलपछि निर्वाचन गराउने वातावरण निर्माण भएको हो,” उनले भने, उनले जेन जेड आन्दोलनपछि सुरक्षाकर्मी चप्पल र सादा पोशाकमा कार्यस्थलमा खटिएको स्मरण गर्दै गिरेको प्रहरीको मनोवल उठाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

मन्त्री सिन्हाले जेनजी पुस्ताले राखेको माग संविधान संशोधनमार्फत पूरा हुने भन्दै संविधान संशोधनको एकमात्र विकल्प निर्वाचन भएको बताए। उनले कठिन परिस्थितीमा राष्ट्रपतिले आफूहरूलाई निर्वाचन गराउने जिम्मेवारी सुम्पिनुभएको बताउँदै उक्त जिम्मेवारीलाई समयमै पूरा गर्न वर्तमान सरकार दृढताका साथ लागेको उल्लेख गरे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग जुटेको बताउँदै निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे। उनले निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने जिम्मेवारी सरकार, निर्वाचन आयोग र राजनीतिक दलको भएको बताए। उनले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको बताए। निर्वाचनको सुरक्षाका लागि संयुक्त कमाण्ड फोर्स बनाउन सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा प्रतिनिधीसभा सदस्य निर्वाचन स् संवैधानिक तथा कानूनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनको जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवम् मतदाता शिक्षा, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति : नीतिगत व्यवस्था, नियमन र नियन्त्रण, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणको बारेमा छलफल हुनेछ । यस्तै, निर्वाचन आयोगमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीहरू, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदान, मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य मतगणना प्रक्रिया प्रतिवेदनलगायत विषयमा छलफल हुने निर्वाचन आयोगले जनाएको छ ।