२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

अ+ अ-

काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्ने विषयमा गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ।

गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा आज सम्पन्न बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्न आवश्यक समन्वय र सहकार्यका विषयमा विस्तृत छलफल गरिएको हो।

बैठकमा प्रदेशका प्रमुख सचिवहरूसँग निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, प्रशासनिक तयारी तथा आवश्यक समन्वयका विषयमा गहन विचार-विमर्श गरिएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै बैठकले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

उक्त बैठकमा गृह मन्त्रालयका सचिव, सातवटै प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवम् गृह मन्त्रालयका सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो।