२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा बहुमतका कार्यकर्ताले दले मोसो

अ+ अ-

काठमाडौँ । नेकपा बहुमतले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझालाई मोसो दलेको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले आज (बुधबार)अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेका हुन्।

कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहविरले हस्ताक्षर गरेको आरोपपत्रमा अस्पताललाई ‘भ्रष्टाचार, राजनीतिक भर्ती र कुशासनको अखडा’ बनाएको आरोप अध्यक्ष ओझामाथि लगाइएको छ।

आरोप पत्र :

१. कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा लैजाने र यसमार्फत लाखौँ रुपैयाँको भ्रष्टाचार गर्ने गरेको। उदाहरणका रूपमा हाल प्रयोगमा रहेको ठूलो एक्स-रे मेसिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको

२. जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्नुको सट्टा कर्मचारी भर्नामा आर्थिक चलखेल गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको३. अस्पतालजस्तो संवेदनशील संस्थालाई मदिरा सेवन गर्ने थलो बनाइएको

४. अध्यक्ष पदमा तेस्रो कार्यकाल पूरा गर्न लाग्दा पनि अस्पतालको आय-व्यय विवरण सार्वजनिक नगर्ने तथा आफ्ना कमजोरी ढाकछोप गर्न सार्वजनिक सुनुवाइ नगरेको

५. अस्पतालबाट माग हुने सेवा, मर्मत तथा निर्माणसम्बन्धी कामहरूमा आफ्ना आसेपासेलाई कोटेसन दिलाई कमिसन खाने गरेको

६. अस्पतालको सेवा प्रवाह सुधार्नुपर्ने ठाउँमा अस्पताललाई कमाइ खाने भाँडो बनाउँदै चरम भ्रष्टाचार गरेको

७. अस्पतालमा थुप्रै स्थायी दरबन्दी खाली रहँदा पनि स्थायी कर्मचारी नियुक्ति नगरी आर्थिक र राजनीतिक चलखेलका आधारमा करार तथा ज्यालादारी (डोरहाजिर) कर्मचारी भर्ना गरी जनस्वास्थ्यसँग गम्भीर खेलवाड गरिएको

८. सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरवाही देखाई जनतालाई सास्ती दिइएको

९. खरिद प्रक्रियामा मनपरी गर्दै औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिसन दिने आपूर्तिकर्तालाई प्राथमिकता दिने गरेको

१०. कमिसनकै लागि लाखौँ मूल्यका उपकरण खरिद गरी थन्क्याउने, सूचना लुकाउने, जवाफदेहिताबाट पन्छिने, संस्थागत सुशासन कमजोर बनाउने र नेतृत्वकै कारण अस्पतालको छवि खस्किएको।