काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।
काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन ।
भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







