२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीआईजीसहित ५९९ जनालाई प्रहरीले गर्‍यो विभागीय कारवाही

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिको उल्लंघन गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७-०७८ देखि हालसम्म फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैर व्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियतको दुरुपयोग गर्ने कर्मचारी नेपाल प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा पर्ने प्रहरी संगठनका उच्च तहदेखि तल्लो तहसम्मका कर्मचारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको हो । कार्यालयका अनुसार कारवाही सूचीमा एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी), एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), ५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेका छन् ।

यस्तै ११ जना प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात् वरिष्ठ सई, २४ जना प्रहरी नायब निरीक्षक (सई), ५१ जना प्रहरी सहायक निरीक्षक (असई), ७ जना प्रहरी वरिष्ठ हवल्दार, ३५ जना प्रहरी हवल्दार, ७६ जना सहायक हवल्दार, ३ सय ५८ जना प्रहरी जवान तथा २ जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।

उनीहरूलाई संगठनको नीति र आचारसंहिता विपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी संगठनको मर्यादा र व्यावसायिक छवि जोगाउन यस्ता कारवाही अपरिहार्य भएको जनाइएको छ ।