काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बासले शिष्टाचार भेट गरेका छन् ।
आज मन्त्रालयमा आयोजित भेटमा उनीहरुबीच नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदानप्रदानका विषयमा विस्तृत छलफल भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ।
भेटमा स्वास्थ्य मन्त्री गौतमले इजरायलले आपत्कालीन सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गर्दै यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग पुग्ने बताए ।
राजदूतले बासले नेपालको विपद् व्यवस्थापनको प्रणालीगत विकास गर्न इजरायल सरकारले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए ।







