काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ ।
केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको हो । केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले हिजो र आज मा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको बताए ।
केन्द्रले बिहीबारदेखि सामानुपतिकको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब केन्द्रले दुई करोड आठ लाख समानुपातिक मतपत्र छपाई हुने जानकारी दिएका छन्।







