२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले बिहीवार सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि खुला प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। इच्छुक उम्मेदवारले २०८२ पुस २५ गतेदेखि माघ एक गतेसम्म तोकिएका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका जिल्ला प्रहरी परिसरहरू (काठमाडौँ, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सक्नेछन्। दरखास्त बुझाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

निर्वाचन प्रहरीमा भर्ना हुन उम्मेदवार नेपाली नागरिक हुनुका साथै सामान्य लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्नेछ। उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।

शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ घटीमा पाँच फिट र तौल ५० केजी तथा महिलाको हकमा घटिमा चार फिट र तौल ४२ केजी तोकिएको छ। साथै महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने शर्त राखिएको छ।

भर्ना छनोट प्रक्रिया अन्तर्गत शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण र आवश्यक परीक्षणहरू सञ्चालन गरिनेछ। छनोटमा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायमा पूर्वसेवा गरेका वा सन्तोषजनक रूपमा निर्वाचन सुरक्षामा काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ।

निर्वाचन प्रहरीको नियुक्ति अवधि अधिकतम ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत निर्वाचन प्रहरीलाई नेपाल प्रहरी जवानको सुरु तलब स्केल अनुसार प्रतिदिन रु. ८६९।४० का दरले चालिस दिनसम्मका लागि ३४ हजार सात सय ७६ रुपैयाँ पारिश्रमिक प्रदान गरिनेछ। साथै खाना खर्च, पोशाक भत्ता, तालिम खर्च र यातायात खर्चसमेत उपलब्ध गराइनेछ। सबै भुक्तानी सम्बन्धित व्यक्तिको बैंक खातामार्फत गरिने व्यवस्था गरिएको छ।

नेपाल प्रहरीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि निर्वाचन प्रहरी भर्ना गरिएको जनाएको छ। विस्तृत जानकारी सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।