२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा ३५२ जना कैदीबन्दी अझै कारागार बाहिरै रहेको पाइएको छ ।

२४ भदौको जेन जेड आन्दोलनको बलमा विभिन्न कारागारबाट भागेका मध्ये तीन सय ५२ जना कैदीबन्दी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार तीन सय ३३ पुरुष र १९ महिला गरेर तीन सय ५२ जना प्रतिवादी अहिलेसम्म पक्राउ परेका छैनन् । सबैभन्दा धेरै कैलाली कारागारबाट भागेका २२९ जना कैदीबन्दी बाहिरै रहेका छन् ।

कञ्चनपुर कारागारबाट भागेका ९७ जना, बाल सुधार गृह डोटी र बझाङ कारागारका १२र१२ जना, दार्चुला कारागारका ६ जना, डडेल्धुरा कारागारका ५ जना र बैतडी कारागारका एक जना कैदीबन्दी फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

जेन जेड आन्दोलनको बलमा सुदूरपश्चिमका विभिन्न कारागारबाट एक हजार चार सय ५८ (१३८३ पुरुष र ७५ महिला) जना कैदीबन्दी बाहिर निस्किएर भागेका थिए । अहिलेसम्म प्रहरीले एक हजार ९४ जनालाई भने पक्राउ गरेर कारागार फर्काइसकेको छ । प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएका मध्ये १ हजार ४९ जना पुरुष र ४५ महिला कैदीबन्दी रहेका छन् ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जेनजी आन्दोलनका बेला कारागारबाट भागेर फरार भएका कैदी बन्दीको खोजी कार्य जारी राखिएको छ ।