काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले शुक्रबार न्याय सेवा, प्रशासन सेवा र लेखापरीक्षण सेवाको सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
आयोगले न्याय सेवा तर्फ विज्ञापन नं १६६५२/०८२-८३ (आ.प्र.), न्याय समूह, विज्ञापन नं १६६५३/०८२-८३ (आ.प्र.), कानुन समूह, र विज्ञापन नं १६६५४/०८२-८३ (आ.प्र.) , सरकारी वकिल समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
यस्तै आयोगले प्रशासन सेवा तर्फ विज्ञापन नं १६६५५/०८२-८३ (आ.प्र.) ,रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ भने लेखापरीक्षण सेवा तर्फ विज्ञापन नं १६६५६/०८२-८३ (आ.प्र.), रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा पनि आजै प्रकाशन गरेको जनाएको छ ।
हेर्नुहोस् नतिजा :













