२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध लागुऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २५ वर्षीय मन्दत राई र टोखा नगरपालिका-९ दिपज्योति बस्ने नवलपरासी पश्चिम घर भएका २९ वर्षीय प्रवीण ज्ञवाली रहेका छन्। प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मन्दतको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौँ महानगरपालिका-६ बौद्धबाट नियन्त्रित लागुऔषध फेनारगन १ हजार ४ सय ८३ एम्पुल, डाईजेपाम १ हजार २ सय ९३ एम्पुल र बुप्रेनोर्फिन १ हजार २ सय ९३ एम्पुल सहित गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्ती बस्ने मकवानपुर घर भएका ४२ वर्षीय रामराज गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौँ, काठमाडौँ महानगरपालिका–६ बाट नियन्त्रित लागुऔषध फेनारगन ८३ एम्पुल, डाईजेपाम ८५ एम्पुल, नोर्फिन १९ एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–६ बस्न ४१ वर्षीय पाण्डे भन्ने निर्मल लामा र ५१ वर्षीय घैटे भन्ने अर्जुन तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

सुनसरी, कोसी गाउँपालिका-१ राजपोखरीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७ सय टयाब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुर वेलका नगरपालिका-४ रामपुर बस्ने २७ वर्षीय सनम माझी र सोही नगरपालिका-९ बस्ने २२ वर्षीय अनुप क्षेत्री रहेका छन्।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका–१७ बाट नियन्त्रित लागुऔषध ट्रामाडोल ९ हजार ९ सय १० ट्याब्लेट सहित कोशी गाउँपालिका–१ बस्ने २३ वर्षीय रोशन झा समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

झापा, गौरीगंज गाउँपालिका-६ मुस्लिम टोल बस्ने २२ वर्षीय मोहमद रहिम मिँया समेत २ जनालाई ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१७ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४ ग्राम सहित भारत बिहार अररिया खैरा खगरा-४ बस्ने १९ वर्षीय राजकुमार साह समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।