२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर संघीय चुनाव लड्ने पूर्वमन्त्रीको घोषणा

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर चौधरीले पदबाट राजीनामा दिएर संघीय संसद्को निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया-२ (२) बाट निर्वाचित भएर लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । चौधरी शनिबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् । त्यसलगत्तै उनले बर्दिया २ बाट उम्मेदवार बन्ने घोषणा गर्दै प्रदेश सभा सदस्यबाट राजीनामा दिने बताएका छन् ।

‘मैले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा गरिसकेको छु, माघ ६ गतेभित्र नै लुम्बिनी प्रदेश सभामा सदस्य पदको पनि राजीनामा दिँदै छु,’ उनले भने, ‘अबको मेरो राजनीतिक यात्रा उज्यालो नेपाल पार्टीबाट हुनेछ ।’

नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादमा धर्मबहादुर चौधरी रञ्जिताको पक्षमा थिए । लुम्बिनी प्रदेशमा नाउपाका चार प्रदेश सभा सदस्यमध्ये तीन जना श्रेष्ठको पक्षमा छन् ।

नाउपाकी प्रमुख सचेतक नरमाया ढकालले चौधरीले पार्टी र प्रदेश सभा सदस्य दुवै पदबाट राजीनामा पनि नदिएको र पार्टीलाई कुनै जानकारी पनि नगराएकाले आधिकारिता टुंगो नलागेको बताइन् ।

‘आजसम्म पनि उहाँ नागरिक उन्मुक्ति पार्टीमै हुनुहुन्छ,’ उनले भनिन्, ‘अर्को पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्राप्त भएपछि मात्र अन्य प्रक्रिया सुरु हुन्छ ।’

यता लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले प्रदेश सभा सदस्य प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नु अघि नै प्रदेश सभा सदस्यबाट अनिवार्य राजीनामा दिनुपर्ने बताए ।

‘प्रदेश सभा सदस्य बहाल रहेकै अवस्थामा माथिल्लो संसद्का लागि उम्मेदवार बन्न मिल्दैन,’ उनले भने, ‘राजीनामा गर्नै पर्ने कानुनी व्यवस्था छ । राजीनामा नगरी उम्मेदवारी दर्ता गरेमा निर्वाचन आयोगले उम्मेदवारी नै खारेज गर्न सक्छ ।’