काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल सुरक्षा निकायका उच्च अधिकारीसहित जनकपुर पुगेका छन्।
जनकपुरमा आयोजना हुने मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुने गृहमन्त्री तथा गृहसचिव राजकुमार श्रेष्ठसहितको सुरक्षा टोली त्यहाँ पुगेको हो ।
गोष्ठीमा आगामी निर्वाचनको सुरक्षा व्यवस्था, अन्तरनिकाय समन्वय र सम्भावित चुनौतीबारे छलफल हुने जानकारी प्रशासनलाई प्राप्त भएको छ ।








