२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-बांङ्लादेश वाणिज्य सचिव स्तरीय वार्ता ढाकामा सम्पन्न, व्यापार सहजीकरण समिति बनाउने सहमति

अ+ अ-

काठमाडौँ । नेपाल र बांङ्लादेशका वाणिज्य सचिव स्तरीय वार्ता मंगलबार र बुधबार ढाकामा सम्पन्न भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाएको थियो भने बांङ्लादेशी टोलीको नेतृत्व वाणिज्य सचिव महबुबुर रहमानले गरेका थिए। 

२०२४ अप्रिलमा काठमाडौँमा भएको बैठकपछिको प्रगतिबारे समीक्षा गरिएको जनाइएको छ। सचिव घिमिरेले दुई देशबीचका व्यापार अवरोध घटाउँदै द्विपक्षीय व्यापार सम्बन्ध बढाउन अपरिहार्य भएको बताएका थिए।

उनले व्यापार शुल्कहरू घटाउनुपर्नेमा जोड दिएका थिए। अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा दुवै देशका चाहनालाई प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। 

उनका समकक्षी रहमानले व्यापार, लगानी, कनेक्टिभिटी र पर्यटनजस्ता क्षेत्रमा सहकार्यका माध्यमबाट आर्थिक साझेदारीलाई गहन बनाउन मिलेर काम गर्न आवश्यक रहेको उल्लेख गरेका थिए। उनले द्विपक्षीय आर्थिक सहकार्यमा नयाँ अवसर खोज्न यातायात पूर्वाधारको सुधार, भन्सार प्रक्रिया सहज र व्यापार सुविधाका लागि बांङ्लादेश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए। 

बैठकमा दुवै पक्षले आगामी तीन महिनाभित्र व्यापार सहजीकरण समिति गठन गर्ने सहमति गरेको छ। यसले पीटीए टेक्स्ट र उत्पादनको मूल स्थानसम्बन्धी नियम र उत्पादन सूचीबारे छलफल गर्नेछ। त्यसैगरी दुवै पक्ष व्यापार र लगानीका क्षेत्रमा भन्सार सहजीकरण गर्न, अन्तर्सीमा भुक्तानी सहज पार्न र गैरशुल्क अवरोधका समस्या समाधान गर्न तयार भएका छन्।

नेपालको जलविद्युत्मा संयुक्त उपक्रम बनाएर लगानी गर्ने समेत सहमति भएको छ। यसबाहेक पर्यटन प्रवर्द्धनमा समेत सहकार्य गर्ने सहमति भएको बताइएको छ। 

दुई देशबीच भएका सहमतिको माइन्युटमा दुवै वाणिज्य सचिवले हस्ताक्षर गरेका थिए। नेपाली टोलीमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र ढाकास्थित नेपाली दूतावासका अधिकारी सहभागी थिए।  

सचिव स्तरीय अर्को बैठक काठमाडौँमा हुने जनाइएको छ। काठमाडौँ । नेपाल र बांङ्लादेशका वाणिज्य सचिव स्तरीय वार्ता मंगलबार र बुधबार ढाकामा सम्पन्न भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाएको थियो भने बांङ्लादेशी टोलीको नेतृत्व वाणिज्य सचिव महबुबुर रहमानले गरेका थिए। 

२०२४ अप्रिलमा काठमाडौँमा भएको बैठकपछिको प्रगतिबारे समीक्षा गरिएको जनाइएको छ। सचिव घिमिरेले दुई देशबीचका व्यापार अवरोध घटाउँदै द्विपक्षीय व्यापार सम्बन्ध बढाउन अपरिहार्य भएको बताएका थिए।

उनले व्यापार शुल्कहरू घटाउनुपर्नेमा जोड दिएका थिए। अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा दुवै देशका चाहनालाई प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। 

उनका समकक्षी रहमानले व्यापार, लगानी, कनेक्टिभिटी र पर्यटनजस्ता क्षेत्रमा सहकार्यका माध्यमबाट आर्थिक साझेदारीलाई गहन बनाउन मिलेर काम गर्न आवश्यक रहेको उल्लेख गरेका थिए। उनले द्विपक्षीय आर्थिक सहकार्यमा नयाँ अवसर खोज्न यातायात पूर्वाधारको सुधार, भन्सार प्रक्रिया सहज र व्यापार सुविधाका लागि बांङ्लादेश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए। 

बैठकमा दुवै पक्षले आगामी तीन महिनाभित्र व्यापार सहजीकरण समिति गठन गर्ने सहमति गरेको छ। यसले पीटीए टेक्स्ट र उत्पादनको मूल स्थानसम्बन्धी नियम र उत्पादन सूचीबारे छलफल गर्नेछ। त्यसैगरी दुवै पक्ष व्यापार र लगानीका क्षेत्रमा भन्सार सहजीकरण गर्न, अन्तर्सीमा भुक्तानी सहज पार्न र गैरशुल्क अवरोधका समस्या समाधान गर्न तयार भएका छन्।

नेपालको जलविद्युत्मा संयुक्त उपक्रम बनाएर लगानी गर्ने समेत सहमति भएको छ। यसबाहेक पर्यटन प्रवर्द्धनमा समेत सहकार्य गर्ने सहमति भएको बताइएको छ। 

दुई देशबीच भएका सहमतिको माइन्युटमा दुवै वाणिज्य सचिवले हस्ताक्षर गरेका थिए। नेपाली टोलीमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र ढाकास्थित नेपाली दूतावासका अधिकारी सहभागी थिए।  सचिव स्तरीय अर्को बैठक काठमाडौँमा हुने जनाइएको छ।