काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् ।
हिजो (शनिबार) बसेको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो । जसमा असहमति जनाउँदै उपमहासचिव भट्टराईले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए ।
सोही अनुसार, उनले आइतबार पार्टी कार्यालयमा पुगेर नोट अफ डिसेन्ट दर्ता गराएको एमाले कार्यालय स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका हुन् ।
टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधि सभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् ।
बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको तर्क भट्टराईको छ ।







