२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

अ+ अ-

सिरहा । उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार  २०६३ साल मङ्सिर १३ गते साविक बेलहा गाउँ विकास समिति वडा नं ७ (हाल कल्याणपुर नगरपालिका) की १६ वर्षीया एक बालिका मृतावस्थामा फेला परेकी थिइन् ।

 अनुसन्धानका क्रममा सोही ठाउँका उतिम मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा आई सल र हातले घाँटी थिची हत्या गरेको खुल्न आएको छ ।

प्रहरीका अनुसार हत्यापछि फरार भएका मुखिया लामो समयसम्म भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । हाल उनी आफ्नै घरमा आएर लुकेर बसेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई माघ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका मुखियालाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।