काठमाडौँ। निवर्तमान सञ्चार मन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
जेन जेड आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चार मन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।







