काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रञ्जु दर्शनाले काठमाडौँ–१ मा उम्मेदवारी दर्ता गराएकी छन् । यसअघि उनको नाम पार्टीको समानुपातिक सूचीमा थियो ।
अन्तिममा पार्टीमै सल्लाह गरेर प्रत्यक्षमा लड्न लागेको उनले बताइन् ।
यसअघि उनी २०७४ मा काठमाडौँ महानगरपालिकाको मेयरमा पदका लागि चुनाव लडेकी थिइन् । तर विद्यासुन्दर शाक्यसँग उनी पराजित रहेकी थिइन् ।







