२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति, आगामी निर्वाचनमा प्राइमरी इलेक्सन गरिने 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्री पदका प्रस्तावित उम्मेदवार गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा यसपटक केही कमजोरी देखिएको स्वीकार गरेका छन्। 

सीमित समयका कारण निर्णय प्रक्रियामा अपेक्षित स्तरको तयारी हुन नसकेको उनको भनाइ छ।

सभापतिका रूपमा शपथ ग्रहण गरेपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति थापाले आगामी निर्वाचनदेखि पार्टीले प्रत्येक निर्वाचन क्षेत्रमा प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार चयन गर्ने स्पष्ट पारे। यसपटक देखिएका त्रुटि र कमजोरीलाई संगठनात्मक रूपमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

सभापति थापाले नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नु सहज देखिए पनि त्यसको दायित्व वहन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनले पार्टीभित्र सुधार र अनुशासनलाई संस्थागत गर्ने दिशामा आफू केन्द्रित रहने बताए।

उनले पार्टी नेता तथा कार्यकर्तालाई कुनै एक क्षेत्रमा केन्द्रित नहुन आग्रह गर्दै सबैलाई आ-आफ्नो क्षेत्रमा फर्किएर मतदातासँग प्रत्यक्ष संवाद गर्न आह्वान गरे। क्रियाशील काँग्रेसी कार्यकर्तामार्फत पार्टीमा आएको परिवर्तन र नयाँ दृष्टिकोण जनतासमक्ष पुर्‍याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।