२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति खुला म्याराथनको ११ औँ संस्करण माघ २४ गते काठमाडौँमा आयोजना हुने

अ+ अ-

काठमाडौँ । नेपाली सेनाको २६३ औँ स्थापना दिवस तथा महाशिवरात्रिको अवसर पारेर माघ २४ गते काठमाडौँमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ। यो प्रतियोगिता निरन्तर रूपमा आयोजना हुँदै आएको म्याराथनको ११ औँ संस्करण हो।

नेपाली सेनाले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गरेको हो। “बलियो एकता, सुरक्षित राष्ट्र” भन्ने राष्ट्रिय भावनालाई आत्मसात् गर्दै आयोजना गरिने यस प्रतियोगितामा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको छ।

प्रतियोगिता पाँच फरक विधामा सञ्चालन गरिनेछ। ४२ दशमलव १९५ किलोमिटर दूरीको पूर्ण म्याराथन पुरुष खुला वर्गमा २५० जना धावक सहभागी हुनेछन्। सेनानी गगनबहादुर महतराका अनुसार २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुला वर्गमा करिब ६ सय जनाको सहभागिता रहनेछ।

यस्तै, नेपाली सेनाका सेवारत तथा अवकाशप्राप्त कर्मचारी र कक्षा १० देखि १२ सम्म अध्ययनरत विद्यार्थीका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ, जसमा ८ सय सहभागी रहने व्यवस्था गरिएको छ। उच्चपदस्थ अधिकारी तथा आमन्त्रित अतिथिका लागि ५ किलोमिटर दूरीको वाकिङ विधामा ४५० जना सहभागी हुनेछन्। कक्षा ७ देखि ९ सम्मका विद्यार्थीका लागि ५ किलोमिटर दौडमा १०० जनाको सहभागिता रहनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारका साथै आकर्षक उपहार प्रदान गरिनेछ। पूर्ण म्याराथन पुरुष खुला विधामा प्रथम हुनेले तीन लाख, दोस्रोले दुई लाख र तेस्रोले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। यसै विधामा चौथोदेखि दशौँ स्थानसम्म हासिल गर्ने धावकहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

२१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष दुवै तर्फ प्रथम हुने खेलाडीले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उक्त विधामा पनि चौथोदेखि दशौँ स्थानसम्म नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सेनाका सक्रिय तथा अवकाशप्राप्त कर्मचारी सहभागी हुने १० किलोमिटर दौडमा महिला र पुरुष दुवै तर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। कक्षा ७–९ का विद्यार्थीका लागि आयोजित ५ किलोमिटर दौड तथा ५ किलोमिटर वाकिङ विधामा पनि स्थानअनुसार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

नगद पुरस्कारका अतिरिक्त, ४२ दशमलव १९५ किलोमिटर पूर्ण म्याराथन पुरुष विजेतालाई मोटरसाइकल प्रदान गरिनेछ भने २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष विजेतालाई काठमाडौँ महानगरपालिकाको तर्फबाट स्कुटर प्रदान गरिने जानकारी दिइएको छ।

आयोजक समितिका अनुसार प्रतियोगिताको उद्देश्य सामाजिक एकताको प्रवर्द्धन, स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि, राष्ट्रिय सुरक्षासम्बन्धी सन्देश प्रवाह तथा युवा पुस्ता र नेपाली सेनाबीच सकारात्मक सम्बन्ध विकास गर्नु हो। नेपाली सेनाले यस प्रतियोगितालाई आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धताको प्रतिकका रूपमा लिएको जनाएको छ।

२०७२ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो म्याराथनले प्रत्येक वर्ष सेना र सर्वसाधारणबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आएको आयोजकको भनाइ छ। यस वर्ष पनि प्रतियोगिता सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न गर्ने तयारी गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुकहरूले नेपाली सेनाका सम्बन्धित कार्यालय वा तोकिएका दर्ता केन्द्रमार्फत नाम दर्ता गर्न सक्नेछन्।