काठमाडौँ । नेपाल प्रहरीका दुई जना इन्स्पेक्टर डीएसपी पदमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उप-समूह (नर्सिङ) तर्फ १ र मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ १ गरी दुई जना इन्स्पेक्टरलाई डीएसपी पदमा बढुवा सिफारिस गरेको हो ।









