२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न विद्रोही उम्मेदवारलाई काँग्रेसको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको निर्णय विपरीत उम्मेदवारी दर्ता गराएका व्यक्तिहरूलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरी आधिकारिक उम्मेदवारको पक्षमा उभिन निर्देशन दिएको छ । पार्टी नेतृत्वले संगठनात्मक एकता र निर्वाचन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत काँग्रेसले केही निर्वाचन क्षेत्रमा आन्तरिक असहमतिको कारण अलग्गै उम्मेदवारी परेको अवस्था स्वीकार गर्दै त्यस्ता उम्मेदवारलाई पार्टी निर्णयको सम्मान गर्न आह्वान गरेको जनाएको छ ।

काँग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समिति संयोजक देवराज घिमिरेले सीमित समयका कारण उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी देखिएको हुनसक्ने स्वीकार गरे । ती कमजोरीलाई आत्मसात् गर्दै अब सबैले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुपर्ने निर्देशन दिइएको उनको भनाइ छ ।

उनका अनुसार पार्टीभित्र देखिएका कमजोरीहरू आगामी दिनमा सुधार गरिनेछ । निर्वाचनलाई प्रभावकारी बनाउन सातै प्रदेशदेखि वडा तहसम्म निर्वाचन परिचालन समिति गठन गरी प्रचार–प्रसार अघि बढाउन आवश्यक निर्देशन दिइसकिएको पनि उनले जानकारी दिए ।

प्रवक्ता घिमिरेले काँग्रेस नेतृत्वमा आगामी पाँच वर्षभित्र मुलुकको विकास र निर्माणका स्पष्ट लक्ष्यसहित घोषणापत्र तयार भइरहेको र केही दिनमै सार्वजनिक गरिने बताए । साथै, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ उम्मेदवारलाई प्रतिस्पर्धामा उतारिएको उनले उल्लेख गरे ।

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले आन्तरिक अनुशासनलाई मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत लागू गरेको काँग्रेसले जनाएको छ ।