२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

अ+ अ-

गण्डकी । कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् । तर सुरौदी खोला कटान पीडितका समस्या अहिले पनि ज्यूँका त्यूँ छ । 

कास्की, स्याङ्जा र तनहुँ तीन जिल्ला हुँदै बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका बासिन्दा कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् । यस क्षेत्रमा पुलको अभाव उत्तिकै खड्किएको छ । कहिले कास्कीको क्षेत्र नं १ त कहिले क्षेत्र नं २ मा पर्दै आएको यो पोखरा महानगरपालिका–३३ मा रहेर पनि कास्कीको दुर्गम भेगझैँ बनिरहेको स्थानीय समाजसेवी यामप्रसाद पौडेलले बताए।

महानगरको वडा भएर पनि यहाँ पोखराबाट नभई तनहुँको दुलेगौँडाबाट आउन सजिलो छ । सडक तथा यातायातको पहुँच नभएकैले यहाँका सर्वसाधारण आफ्नै जिल्ला सदरमुकाम पोखरा पुग्न तनहुँको दुलेगौँडा हुँदै जानुपर्ने बाध्यता छ ।

सुरौदी खोला कटान नियन्त्रणका लागि पटक पटकका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई समस्या दर्शाउने गरेका यहाँका स्थानीयले उम्मेदवार तथा पार्टीबाट चुनावका समयमा राम्रै आश्वासन पाए पनि त्यसलाई व्यवहारमा देख्न नपाएको गुनासो गर्छन् ।

सुरौदी खोलाको जलाधार नियन्त्रण गर्दै आसपासका जग्गामा सिँचाइ उपलब्ध गराउन सकेमा यहाँको उत्पादनले समग्र पोखरालाई आत्मनिर्भर बनाउन सक्ने अगुवा किसान रमेश आचार्य बताउछन् । कटानको कहर पटक–पटक सुनाए पनि यसतर्फ राज्यको चासो नपुग्दा स्थानीयले दुःख पाएको उनले बताए।

कटान नियन्त्रणका लागि ठाउँठाउँमा तटबन्ध निर्माण गर्न सकिएमा सुरौदी फाँट कृषि उत्पादनको अब्बल भूमिमा परिणत हुने स्थानीयको भनाइ छ । यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक देखिन्छ । जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

खोला आसपासका उब्जाउ योग्य भू–भागमा खोलाको पानीको उपयोग हुन सकेको छैन । ती क्षेत्र सिँचाइविहीन रहेको चण्डी माध्यमिक विद्यालय बरभोटेनीका प्रधानाध्यापक सन्तोराज लामिछानेले बताए। “खोलाले बर्सेनि कटान गरिरहेको समस्या त छँदैछ, तल खोला बगिरहेको छ तर किनाराका खेत तथा बारी सिँचाइ गर्ने पानी नहुँदा सुख्खा बनेका छन्”, उनले भने । 

कुर्लिङ क्षेत्रमा तटबन्ध निर्माण गरी जलाशय निर्माण गर्ने हो भने त्यसबाट जलपर्यटनसँगै माछापालन एवम् खेतीयोग्य भूभागमा सिँचाइ गर्न सकिने समाजसेवी यामप्रसाद पौडेलले बताए ।