२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको संघीय बजेटमा पूर्वाधार, प्रविधि र औद्योगिक विस्तारलाई प्राथमिकता

अ+ अ-

काठमाडौँ । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि प्रस्तुत गरेको संघीय बजेटमार्फत पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गर्दै पूर्वाधार, प्रविधि र औद्योगिक विकासलाई केन्द्रमा राखेको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संसदमा बजेट प्रस्तुत गरेकी हुन्, जुन भारतीय बजेट इतिहासमा पहिलो पटक बिदाको दिन सार्वजनिक गरिएको हो।

नयाँ बजेटमा पुँजीगत खर्च १२२ खर्ब भारतीय रुपैयाँ कायम गरिएको छ, जुन चालु आर्थिक वर्षको ११२ खर्ब रुपैयाँको तुलनामा बढेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले यस बजेटलाई उत्पादकत्व अभिवृद्धि र विश्वव्यापी प्रतिस्पर्धामा भारतको उपस्थितिलाई सुदृढ बनाउने लक्ष्यसहित तयार गरेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने दीर्घकालीन लक्ष्य अनुरूप आवश्यक नीतिगत निर्णय लिइने संकेत यसअघि नै दिएका थिए।

बजेटमार्फत यातायात पूर्वाधारमा उल्लेख्य विस्तारको घोषणा गरिएको छ। देशका प्रमुख आर्थिक केन्द्रहरूलाई जोड्ने गरी सातवटा उच्चगति रेल मार्ग निर्माण गरिनेछ, जसमा मुम्बई-पुणे र चेन्नई-बेंलुरु जस्ता सहर समेटिएका छन्। साथै, ओडिसा, केरल, आन्ध्र प्रदेश र तमिलनाडु जोड्ने ‘रेयर अर्थ कोरिडोर’ निर्माण गर्ने योजना अघि सारिएको छ, जसबाट खनिजमा आधारित उद्योग प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

शिक्षा, प्रविधि र युवामैत्री कार्यक्रमहरूलाई बजेटले विशेष प्राथमिकता दिएको छ। प्रविधि र स्वास्थ्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न आगामी वर्षहरूमा एक लाख सहयोगी स्वास्थ्यकर्मीलाई तालिम दिने लक्ष्य लिइएको छ। प्रविधि क्षेत्रमा आत्मनिर्भरता बढाउने उद्देश्यले ‘सेमिकन्डक्टर मिसन २।०’ सुरु गर्ने घोषणा गरिएको छ, जसअन्तर्गत सेमिकन्डक्टर उत्पादन र आपूर्ति शृंखला विकासका लागि ४ खर्ब रुपैयाँ खर्च गर्ने योजना सार्वजनिक गरिएको छ।

यसैगरी बायो-फार्मा कार्यक्रम, स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) क्षेत्रमा महिलाको सहभागिता विस्तार तथा भारतलाई विश्वस्तरीय प्रविधि केन्द्रका रूपमा विकास गर्ने लक्ष्य बजेटका प्राथमिकतामा रहेका छन्। साना तथा मझौला उद्योग, कृषि अनुसन्धान र नवीकरणीय ऊर्जा क्षेत्रमा सहुलियत तथा प्रोत्साहनका कार्यक्रमहरू पनि समावेश गरिएको छ।

कर प्रणाली सुधारतर्फ बजेटले दीर्घकालीन संरचनात्मक परिवर्तनलाई जोड दिएको छ। पुरानो कर संरचनालाई क्रमशः प्रतिस्थापन गर्दै नयाँ कर प्रणालीलाई सरल र कम झन्झटिलो बनाउने सरकारको योजना रहेको छ। मध्यम वर्गीय करदाताहरूले तत्काल कर छुटको अपेक्षा गरे पनि बजेटले दीर्घकालीन सुधारलाई प्राथमिकता दिएको भारतीय विश्लेषकहरूको टिप्पणी छ।

बजेट प्रस्तुतिको क्रममा शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। प्रारम्भमा सतर्क देखिएको बजार बजेट भाषणसँगै उकालो लागेको र सेन्सेक्स सूचकांकमा वृद्धि देखिएको जनाइएको छ। अर्थमन्त्री सीतारमणले संसदमा लगातार नवौँ पटक बजेट प्रस्तुत गरेकी हुन्।