१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले मंगलबार दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरि नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई आज पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार उनीमाथिको उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा रु पाँच लाख जरिवाना रु २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो ।

यस्तै उनलाई दुईदिन कैद सजाय ठहर भए पछि फरार हुँदै आएकामा आज टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरि नगरपालिका–७ हसनटारबाटै उनलाई पक्राउ गरेको हो ।

यस्तै वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने काभ्रे महाभारत गाउँपालिका–६ घर भएका ५२ वर्षीय पूर्णबहादुर वाइबालाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

सूचना अधिकारी कार्कीले उनलाई पनि आजै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको बताए। पूर्णबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मंगलबार जोशीलाई फैसला कार्यान्वयनकाल लागि अदालत पठाइएको र वाइबालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको पनि उनले बताए ।