२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस भ्रष्टाचारविरुद्ध योद्धा बनेर आएको गगन थापाको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।

शुक्रबार कास्की काँग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले अहिले देशमा चरम निराशा र अविश्वासको स्थिति रहेकाले यस्तो बेला ‘सम्हाल्ने शक्ति’ चाहिने टिप्पणी गरेका हुन् ।

‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ सभापति थापाले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई ।’

त्यस्तो सम्हाल्ने शक्ति काँग्रेस रहेको उनले दाबी गरे । नागरिकमा व्याप्त गहिरो असन्तुष्टिको जवाफ सुधारबाटै दिन सकिने उनले बताए ।

समाजमा भित्रभित्र आगो बलिरहेको बताउँदै उनले यो बेला काँग्रेसले नै सम्हाल्नुपर्ने उनले बताए । अहिले निराशाको मुख्य जड भ्रष्टाचार नै रहेको सभापति थापाले दाबी गरे ।