काठमाडौँ । दार्चुलामा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आसंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार महाकाली नगरपालिका-४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्ती बंगाबगडको एक होटेल पछाडि मृत भेटिएका हुन् । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







