२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र पर्यटन प्रवर्द्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

अ+ अ-

काठमाडौँ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

आज पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गरेका छन् । समझदारी पत्रअनुसार नेपालले आगामी वर्ष विसं ३०८३ को वैशाखमा आयोजना हुने कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तरराष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले यो सहकार्यलाई लामो यात्राको सुरुवात भएको बताए ।  “चलचित्र छायांकन भइसकेपछि ती स्थान स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धित हुने गरेका छन्”, उनले भने, “नेपाललाई पर्यटनप्रधान देश बनाउन हामी हातेमालो गरेर अघि बढ्नेछौं ।”

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’ का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए ।  

“चलचित्र छायांकनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको हामीले बुझेका छौँ, पर्यटन बोर्डले वार्षिक रूपमा ५०–६० अन्तरराष्ट्रिय फोरममा सहभागिता जनाउँदै आएको छ, यस सम्झौतापछि बोर्डले सहभागिता जनाउने प्रमुख कार्यक्रममा चलचित्र क्षेत्रसँग सहकार्य गर्न सकिन्छ”, उनले भने ।

समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ) लाई प्रोत्साहन गर्ने, अन्तरराष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवर्द्धन गर्ने, नेपाललाई श्रवयदृश्य उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीचको यो समझदारीले नेपाललाई क्षेत्रीय तथा विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताए । 

विश्वव्यापी रूपमा चलचित्र पर्यटनले गति लिइरहेको सन्दर्भमा नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटन आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ ।