२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवतीको हेलिकप्टरबाट उद्धार

अ+ अ-

काठमाडौँ । हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार जिल्ला अस्पताल सिमकोट पुर्‍याइएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

सर्केगार्ड गाउँपालिका-५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पताल पुगाइएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । 

गर्भवतीका परिवार सुत्केरी बेथा लागेकी बिकलाई बुधबार बिहान ८ बजे गोठी स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला अस्पताल पठाइएकोमा सोही दिन बेलुका ५ बजे अस्पताल पुर्‍याइएको हो । 

विकको पेटमा पानी जमेको कारण जिल्लामा उपचार गर्न नसकिएको हो । यसका लागि स्वास्थ्य चौकी सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।