काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलको ध्यान बहुमत ल्याउनतिर भएको बताएका छन् । पार्टीको स्याङ्जा-काठमाडौँ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै बहुमत नआएर ठूलो पार्टी बनेको अवस्थामा नेतृत्व नपाए सरकारमै नजाने बताए ।
उनले भने, ‘बहुमत ल्याएपछि सरकारमा नजाने कुरै भएन, बहुमत ल्याएर हिजोका अनुभवको आधारमा विगतका गल्तीहरूलाई सच्चाएर देश बनाउने गरी सरकार चलाउँछौँ । ठूलो पार्टी भयौँ भने काँग्रेसले सरकारको नेतृत्व गर्न पाएन भने पनि सरकारमा जाँदैनौँ । तर, ठूलो पार्टी भयौँ भने सरकारको नेतृत्व गर्ने दाबी गर्छौँ ।’
उनले हिजो ठूलो पार्टी हुँदा पनि काँग्रेसलाई सरकारको नेतृत्व गर्न नदिँदा दोस्रो र तेस्रो दलको नेतृत्वमा सरकारमा गएर गल्ती गरेको बताए ।







