२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्नेमा मानव अधिकार आयोगको जोड

अ+ अ-

काठमाडौँ। मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 

शुक्रवार राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले समावेशीताको सवालमा अझै पनि समाजमा संरचनागत विभेद कायमै रहेको बताए । समावेशी लोकतन्त्र सुदृढ बनाउन सबै नागरिकले आफ्नो अधिकार सुनिश्चित गर्न सक्नुपर्ने भन्दै अध्यक्ष मगरले यसको लागि समावेशी आयोगले भूमिका खेल्नुपर्ने बताए । उनले समावेशीताको विषयमा सार्वजनिक बहस आवश्यक रहेको पनि उल्लेख गरे । उनले संविधान जारी भएपछिको निर्वाचनको तथ्यांक प्रस्तुत गर्दै विगतको तुलनामा समावेशिता मजबुत हुँदै गएको बताएका छन् । 

यद्यपि पूर्ण समावेशी राज्य संरचना बनिनसकेको उनको भनाइ छ । उनले भने, ‘समावेशीताको सवालमा समाजमा विद्यमान विभेदहरू हटाउनुपर्‍यो । बहिष्करणमा पर्नु भएन, विभेद हुनुभएन । सबैले आफ्नो अधिकार कायम गर्न सके मात्रै मुलुकमा लोकतन्त्र कायम रहन्छ । समावेशी आयोगले पनि नागरिकले अधिकार पाएको छ कि छैन हेर्नुपर्‍यो, समाजबाट विभेद र बहिष्करण अन्त्य गर्नुपर्‍यो। यस आयोगको मुख्य काम यही हो । तर एउटा पत्रिकामा मैले एउटा लेख पढेको थिएँ । समावेशिता बढी भयो भन्ने कुरा पनि आएको छ । त्यसमा नयाँ संविधानअनुसार २०७४ र २०७९ मा आम निर्वाचन सम्पन्न भएकोमा २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ८४ गरी ९० महिला सांसद निर्वाचित भएका थिए । दलित समुदायबाट १९ जना निर्वाचित भएका थिए । त्यस्तै २०७९  मा ९१ जना महिला निर्वाचित भएका थिए । तर यो सङ्ख्या पूर्ण होइन । तर केही सुधार भएको पाइन्छ ।’

उनले उक्त सङ्ख्या पूर्ण रूपमा सन्तोषजनक नभए पनि समावेशीताको क्षेत्रमा केही सुधार भएको देखिएको बताएका छन्।