२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध

अ+ अ-

इनरुवा (सुनसरी) । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचका लागि जारी भएको अचारसंहिता पूर्ण रुपमा कार्यान्वन गर्नेमा सुनसरीका राजनीतिकदलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार सम्पन्न भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि जारी भएको निर्वाचन अचारसिंहता पूर्ण रुपमापालना गर्ने विभिन्न राजनीतिकदलले सहमति जनाएका छन् ।

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि चुनावमा होमिएका राजनीतिकदलले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्ने, फागुन १२ गतेभित्र निर्वाचन अचारसंहिता विपरीत प्रचार, ब्यानर हटाउने, नहटाएको कानुनबमोजिम कारबाही गर्ने, प्रचारप्रसारमा डिजे प्रयोग नगर्ने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षाकर्मी तयार रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए । बैठकमा नेपाली काँग्रेसबाट जिल्ला सभापति केदार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव राम कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जिल्ला सभापति सागर दाहाल, जसपाबाट महेन्द्र यादव, जिल्लाका सम्पूण सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । जिल्लामा निर्वाचनका लागि आवश्यकपर्ने सामग्री आइसकेको जानकारी दिइयो ।

निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित विभिन्न प्रकारका निर्वाचन सामग्री सुनसरी आइपुगेको र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने कार्यसमेत गरिरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । सुनसरीमा ४ निर्वाचन क्षेत्रमा १६७ मतदानस्थल रहेको छ ।