२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल थापाको दाबी : ‘परिवर्तनकारी शक्ति हामी हौँ, अरू नयाँ-पुराना दल यथास्थितिवादी हुन्’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट काठमाडौँ ५ मा उम्मेदवार रहेका थापाले सोमबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खास परिवर्तनकारी शक्ति राप्रपा नै भएको दाबी गरेका हुन् ।

अहिलेको निर्वाचन जेन जेडको आन्दोलनको जगमा भएको बताउँदै थापाले निर्वाचनको एजेन्डा पनि जेन जेडले उठाएकै कुरा रहेको बताए ।

यो चुनावमा मुख्य गरी दुई पक्षको बिचको प्रतिस्पर्धा रहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘एउटा पक्ष यथास्थितिवादी-जसले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको पक्ष हो ।’ यो पक्षमा नयाँ, पुराना सबै राजनीतिक दल देखिएको उनले बताए ।

तर, संघीयता, गणतन्त्र र धर्म निरपेक्षता असफल भइसकेको २० वर्षको राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको थापाले दाबी गरे ।

अहिले जनता यथास्थितिमा नभई परिवर्तनको पक्षमा रहेको थापाले दाबी गरेका छन् ।