२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा-छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा

अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्याशी बनेका नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता ईश्वर पोखरेलले टोखा-छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । 

सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उनले लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्त्विक तथा सांस्कृतिक पक्षको अध्ययन गरी पुनरुत्थान र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।

बूढानीलकण्ठ मन्दिरलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बूढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाइँकुण्ड पदमार्ग निर्माण तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने उहाँले योजना प्रस्तुत गरेका छन् । 

टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख गरिएको छ । 

प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बूढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला, संस्कृति तथा तामाङ र नेपाल भाषाको प्रवर्द्धन र संरक्षणमा उनले जोड दिएका छन् । 

काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन,सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई पनि नेता पोखरेलले प्राथमिकतामा राखेका छन् ।