२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रेस’ अंकित सवारी र नक्कली नोटका बन्डल प्रयोग गरी ठगी गर्ने समूह पक्राउ

अ+ अ-

काठमाडौँ । वित्तीय ठगीको योजनासहित गतिविधि गरिरहेको आशंकामा नेपाल प्रहरीले झापाबाट सात जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा ६ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेका छन्।

घटनाका सम्बन्धमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय झापाले सशस्त्र प्रहरीले शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको समूहलाई आवश्यक अनुसन्धानपछि सार्वजनिक गरिएको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ हेडक्वार्टर गणले भद्रपुर नगरपालिका-८ घोडामारा क्षेत्रस्थित एयरपोर्ट सडक खण्डमा चेकजाँचका क्रममा मंगलबार साँझ उक्त समूहलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधनमा ‘प्रेस’ लेखिएको संकेत प्रयोग गर्दै हिँडिरहेको समूहले जिल्लामा आर्थिक ठगी गर्ने उद्देश्य राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकामध्ये भारत पश्चिम बंगालका अरिन्दम धर (४५), दीपा भौमिक (३६), सुमन सरकार (३५), नुर कलाम शेख (३७), अबेद अली होसैन (५२), फारुक अज्मी (२०) र झापा कमल गाउँपालिका-६ निवासी देवेन्द्र सापकोटा (४३) रहेका छन्।

अनुसन्धानका क्रममा समूहले नोटजस्तै देखिने सादा कागजका बन्डल तयार गरी माथि–तल वास्तविक नोट राखेर भिडियो बनाउने तथा सम्भावित लक्षित व्यक्तिलाई पठाउने गरेको खुलेको प्रहरीले जनाएको छ। मेचीनगर नगरपालिका-४ मा लुकाइ राखिएको अवस्थामा २१ वटा टिनका बाक्सा र नोट आकारका २३७ बन्डल सादा कागज बरामद गरिएको छ। बरामद सामग्रीलाई करिब १२ करोड रुपैयाँ बराबरको देखिने गरी तयार गरिएको अनुमान गरिएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।