२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने

अ+ अ-

मुस्ताङ । आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरुको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी मर्यादित ढंगले मनाउन सहमति भएको छ । जिल्ला सुरक्षा समितिको पहलमा स्थानीय सरोकारवालासँग भएको बैठकमा तोरन्ल पर्वलाई निर्वाचन कार्यक्रममा असर नपुग्ने गरी मनाउन सहमति गरिएको हो ।

मुस्ताङमा थकाली समुदायहरुले तीन दिनसम्म सदियौँ कालदेखि चल्दै आइरहेको तोरन्ल पर्व हर्षोल्लासका साथ मनाउने प्रचलन छ । मुस्ताङका पाँच स्थानीय तहमध्ये थकाली समुदायहरुको बसोबास रहेको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकामा बर्सेनि तोरन्ल पर्व मनाउने प्रचलन छ ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्मुखमा थकालीहरुको महान् पर्व तोरन्ल चाडपर्व परेकाले यसलाई व्यवस्थित रुपमा मनाउन आग्रह गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए। धर्म, संस्कृति, परम्परा र मौलिकता यस क्षेत्रको जातीय पहिचान भएको भए पनि सम्मुख आइरहेको निर्वाचन कार्यक्रमलाई असर पुग्ने हो कि भनेर आवश्यक सजगता अपनाइएको प्रजिअ शर्माको भनाइ छ ।

“धर्म, संस्कृति र मौलिक चाडपर्व नमनाउनु भन्ने कुरा पनि भएन, तर चाडपर्वका नाममा निर्वाचन आचारसंहिता उल्लंघन नहोस् भन्ने हाम्रो मान्यता हो”, प्रजिअ शर्माले भने, “हामीले उनको सांस्कृतिक पर्वलाई सम्मान गर्दछौँ । पर्व मनाउने क्रममा निर्वाचन बिथोल्ने कुनै अराजक गतिविधि नहोस् भन्ने हाम्रो मान्यता हो ।”

थकालीहरुको तोरन्ल पर्वलाई मर्यादित रुमा भव्य र सम्भ रुपमा अनौपचारिक ढंगले मनाउन थासाङ र घरपझोङ गाउँपालिका क्षेत्रका सरोकारवाला निकायहरुसँग भद्र सहमति भएको प्रजिअ शर्माले उल्लेख गरे। प्रमुख जिल्ला अधिकारी शर्मासहित जिल्ला सुरक्षा समितिको टोलीले थासाङ र घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय गाउँ समाजसँग बैठक बसेर तोरन्ल पर्वलाई व्यवस्थित रुपमा मनाउन सहमति भएको हो ।

यसअघि निर्वाचनका कार्यक्रमलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिंता पालना गर्नेलगायत विषयमा जिल्लास्थित राजनीतिक दल र दलका प्रतिनिधिबीच सहमति भएको थियो । उक्त बैठकमा निर्वाचनको मिति अगावै तोरन्ल पर्व परेकाले त्यसलाई व्यवस्थित गर्नेलगायत विषयमा छलफल भइसकेको प्रजिअ शर्माको भनाइ छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने थकाली समुदायहरुको महानपर्व तोरन्ल तीन दिनसम्म मनाइने गरिन्छ । यस पर्वलाई मुख्य रुपमा पितृ पुजा प्रतीकको रुपमा लिने गरिएको छ । आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै पितृहरुको आत्माशान्ति र उद्धारका लागि थकाली संस्कृति र परम्पराअनुसार धार्मिक क्रियाकलाप गरिन्छ ।

फागु पूर्णिमा तिथिको अघिल्लो दिन र पछिल्लो दिन गरी तीन दिनसम्म मनाइने तोरन्ल पर्वमा थकाली समुदायहरुले मध्यरातमा उठेर पितृको सम्झना गर्दै चोखो पानी र खानेकुरा चढाएर पूजाअर्चना गर्ने प्रचलन छ । थकाली तोरन्ल पर्वमा देश विदेशमा रहेका थकालीहरु पर्व मनाउन थातथलो फर्कन्छन् । तोरन्ल पर्वमा छोरी ज्वाइ, भान्जाभान्जीलगायत आफन्तलाई बोलाएर स्वागत सत्कारका साथ पर्व मनाउने प्रचलन छ ।

तोरन्ल पर्वमा पुरुषले धनुषवाण (तारा) खेल र महिलाहरुले नाकाभोटे (कौडा) खेल खेलेर आपसमा रमाइलो गर्ने प्रचलन छ ।