२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल प्रभावकारी उपाय अपनाउन राष्ट्रसंघलाई इरानको आग्रह

अ+ अ-

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायल र अमेरिकाले जारी राखेको हमलाको विषयमा तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र पठाएर तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त आग्रह गरेका हुन् ।

अराघाचीले भनेका छन् ,‘राष्ट्रसंघका महासचिव र सुरक्षा परिषद्लाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षणसम्बन्धी बडापत्र–निर्देशित जिम्मेवारीहरू पूरा गर्न तथा जघन्य आतंककारी कार्यका लागि अमेरिका र इजरायली शासनलाई पूर्ण रूपमा जवाफदेही बनाउनका लागि तत्काल ठोस र प्रभावकारी कदम चाल्न आग्रह गर्दैछौं’,

विदेशमन्त्री अराघचीले पत्रमा अमेरिका र इजरायली आक्रमणमा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको निन्दा गरेका छन् ।
पत्रमा खामेनीको हत्यालाई ‘कायरपूर्ण आतंककारी कार्य’ र ‘राष्ट्रको अस्तित्व तथा राष्ट्रहरूबीचको सभ्य आचरणका आधारभूत मान्यतामाथि प्रहार गर्ने खतरनाक र अभूतपूर्व उक्साहट’ भनेर उल्लेख गरिएको अलजजिराले समाचार प्रकाशित गरेको छ ।

‘यस्तो कार्यले केवल स्थापित अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू उल्लंघन मात्र गर्दैन । यसले खतरनाक ‘प्यान्डोराको बक्स’ खोल्ने जोखिम पनि निम्त्याउँछ’, विदेशमन्त्री अराघाचीले भनेका छन्, ‘जसले सार्वभौम समानता र अन्तर्राष्ट्रिय प्रणालीको स्थायित्वको आधारलाई कमजोर बनाउँछ ।’