काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्युठान नगरपालिकास्थित जनता मावि बाग्दुला परिसरमा नमुना मतदान स्थल स्थापना गरिएको छ।
उक्त केन्द्रको विशेषता भनेको त्यहाँ परिचालित सम्पूर्ण निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेको व्यवस्थापन हो।
मतदान व्यवस्थापन तथा सुरक्षाका लागि सो स्थलमा नौ जना निर्वाचन प्रहरी, चार जना अन्य सुरक्षाकर्मी तथा १२ जना निर्वाचन कर्मचारी खटिएका छन्, जसमा सबै महिला रहेका छन्।
दुई वटा मतदान केन्द्र समेटिएको उक्त स्थलमा कुल १,१९२ मतदाता दर्ता भएका छन्।







