काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरू नै निर्वाचनबाट मुख्य शक्तिका रूपमा स्थापित हुने कुरामा कुनै सन्देह नभएको बताएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै उनले लोकप्रियतावाद र अराजकतावाद मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताए ।
यसपटककै निर्वाचनका माध्यमबाट सबै समाधान नभएपनि निर्वाचनले सही बाटो समात्ने उनको भनाई थियो ।
लोकतन्त्रलाई सही दिशा प्रदान गर्नेछ भन्ने विश्वासका साथ मतदान गरेको बताउँदै उनले भने, ‘यतिबेला हाम्रो समाजमा देखा परिरहेको पपुलिजम र एनार्किजम नेपालको राजनीतिक स्थायित्वको चुनौतीका रूपमा रहेको छ ।’







