काठमाडौँ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महोत्तरीमा ४० प्रतिशत मतदान भएको बताएका छन् ।
बर्दिबास नगरपालिका-७ स्थित प्रेमनगर मतदान केन्द्रमा झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते भएपछि बिहान करिब केही समय मतदान रोकिएको थियो । अहिले सबै ठाउँमा मतदान जारी छ ।
प्रजिअ यादवका अनुसार १ : ३० बजे सम्म ४० प्रतिशत मतदान भएको छ ।







