काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान देशभर जारी रहेको छ। बिहीबार दिउँसो २ बजेसम्म देशभर कुल ६२ लाख २० हजार ४२ मत खसेको तथ्यांक उपलब्ध भएको छ।
मतदान बिहान ७ बजेदेखि सुरु भएको थियो र अहिलेसम्म अधिकांश निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूमा प्रक्रिया निरन्तर जारी रहेको छ। देशभर १६५ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।
प्रदेशगत विवरण अनुसार, सबैभन्दा उच्च मतदान दर काठमाडौँ उपत्यकामा देखिएको छ। त्यहाँ करिब ४७ प्रतिशत मत खसेको तथ्यांक छ। गण्डकी प्रदेशमा पनि ३९ प्रतिशत मत खसेको विवरण सार्वजनिक भएको छ।
हाल देशभरिका १० हजार ९६७ मतदान केन्द्रमा मतदान सामान्य रूपमा भइरहेको छ। अहिलेसम्म कुल मतदाता दर करिब ३३ प्रतिशत पुगेको प्रशासनले जनाएको छ।







