काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर-६ मा जारी मतगणनाको प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्यलाई अग्रस्थानमा देखाएको छ।
मतगणनाको हालसम्मको विवरणअनुसार आचार्यले ३ हजार ४२३ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा स्पष्ट रूपमा अघि रहेकी छन्। नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ७२८ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले ६२७ मत हासिल गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार ओपेन्द्र रायले ११० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उक्त क्षेत्रमा मतगणना कार्य निरन्तर जारी रहेको जनाइएको छ।







