काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अग्रता बनाएका छन् ।
मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका गुरुङले हालसम्मको गणनामा अग्रता लिएका हुन् । उनले २६ सय ५८ मत सहित काँग्रेसका गम प्रसाद गुरुङलाई पछि पारेका छन् ।
गुरुङले २ हजार २७५ मत पाएका छन् भने रास्वपाका धर्मराज केसीले २ हजार१८३ मत पाएका छन् ।







