दैलेख । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दैलेख-२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार पोखरेलले १० हजार २३४ मत गरेका छन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक मतका साथ पछ्याइरहेका छन्। नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही तीन हजार १४२ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ । “अहिले गणना भइरहेको छ, बाँकी र वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भने ।
कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । रासस







