काठमाडौँ । दैलेख निर्वाचन क्षेत्र नम्बर-२ बाट एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्। पोखरेलको जितसँगै नेकपा एमालेले कर्णाली प्रदेशबाट खाता खोलेको छ।
देशैभर रास्वपाको पक्षमा नतिजा आउँदा दैलेख-२ बाट निर्वाचित हुँदै पोखरेल एमाले पार्टीबाट विजयी हुने तेस्रो व्यक्ति बनेका छन्। यसअघि बाँके-२ बाट मोहम्मद ईश्तियाक राई र बझाङबाट ऐनबहादुर महर निर्वाचित भएका छन्।







