२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको आवाज संसद्मा सशक्त रुपमा उठाउँछु: दीपकराज बोहरा

अ+ अ-

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

शनिबार विजयी घोषणा भएपछि सांसद बोहराले मतदाताले दिएको मत केवल जितका लागि मात्र नभई परिवर्तनका लागि भएको बताए । उनले यस क्षेत्रका जनताको हितका लागि निरन्तर पहल गर्ने बताए । मतदाताप्रति आभार व्यक्त गर्दै उएले यो विजय आफ्नो व्यक्तिगत नभई कञ्चनपुर–२ मा परिवर्तन चाहने सम्पूर्ण जनताको साझा विजय भएको बताएका छन् ।

सांसद बोहरा करिब १८ वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहेका थिए । उनले नेपाल टेलिभिजन, नेपाल वान, न्यूज–२४ तथा ग्यालेक्सी फोरके टेलिभिजनजस्ता सञ्चारमाध्यममा कार्यरत रहँदै राष्ट्रिय तथा जनचासोका विषय उजागर गर्दै आएका थिए । सञ्चार क्षेत्रमार्फत समाजका विविध समस्या र सरोकारका विषय उठाउँदै आएका बोहरा पछिल्लो समय सक्रिय राजनीतिमा होमिएका छन् ।

चुनावी अभियानका क्रममा साथ, सहयोग र प्रेरणा दिने मतदाता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै सांसद बोहराले अबको आफ्नो प्रमुख दायित्व जनताको विश्वासलाई सम्मान गर्दै यस क्षेत्रका समस्या समाधान, सुशासनको सुदृढीकरण तथा समग्र विकासका लागि इमान्दारीपूर्वक काम गर्नु रहेको बताएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सार्वजनिक अन्तिम मतपरिणामअनुसार बोहरा ३३ हजार ९५२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरे।

यसैबीच, नवनिर्वाचिन प्रतिनिधि सभा सदस्य बोहरालाई बधाई दिँदै उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार साउदले शान्ति, सुशासन, संवैधानिक सुधार र रोजगारीका अवसर सृजनाका लागि नेपाली जनताको चाहना निर्वाचनमा प्रतिविम्बित भएको बताए ।

“देशमा विद्यमान लोकतान्त्रिक निर्वाचन प्रकृयाबाट युवाहरू भर्खरै सम्पन्न निर्वाचनमा विजयी भएका छन्”, उनले भने, “भावी संसद्मा निर्वाचित युवाहरूलाई नीति निर्माणको प्रभावकारी भूमिकामा पुगेको देख्नेछौँ, उनीहरूको कार्यकालमा यस क्षेत्रका जनताको सेवा, विकास र समृद्धिका लागि गर्ने योगदानमा मेरो पनि सद्भाव र समर्थन रहने छ ।”

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले निर्वाचित प्रतिनिधि सभा सदस्य बोहरालाई निर्वाचन कार्यालयमै पुगेर बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका थिए ।