२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा एमालेसहित २२ जनाको जमानत जफत

अ+ अ-

डुम्रे (तनहुँ) । तनहुँमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका २२ जनाको जमानत जफत भएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ मा १४ र तनहुँ क्षेत्र नं २ मा आठ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तनहुँ क्षेत्र नं १ मा १६ उम्मेदवारमध्ये एमाले (एमाले)का भगवती न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ति पार्टीका यामबहादुर आलेको जनमत जफत भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । 

उनका अनुसार नेसनल रिपब्लिक नेपालका सुमन थापा मगर, श्रम संस्कृति पार्टीका काशीराम गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका ओमविक्रम पन्त, उज्यालो नेपाल पार्टीका मन्जिल राना, आम जनता पार्टीका चिजमाया अधिकारी, स्वतन्त्र दीपकराज जोशी, लेखनाथ खनाल र सन्देश रानाभाट लौडारीको जनमत जफत भएको छ । 

विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं निर्वाचित प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेको निकटतम प्रतिस्पर्धी तनहुँ १ मा नेपाली काँग्रेसका गोविन्द भट्टराईले मात्रै पराजित भए पनि जनमत बचाउन सफल भएका छन् ।  वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाएका थिए भने एमालेका प्रतिस्पर्धी भगवती न्यौपानेले पाँच हजार ८३० मत ल्याएका थिए । न्यौपानेको यस मतले जनमत जफत हुनबाट जोगाउन सकेन । 

तनहुँ १ मा कुल एक लाख २६ हजार ८८२ मतदातामध्ये ६८ हजार १४९ मत खसेको थियो । तीमध्ये ६५ हजार ४१९ सदर भएको छ भने दुई हजार ३० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै क्षेत्र नं २ तर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएकामा नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर ठकुरी, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, मङ्गोल नेसनल अर्गनाइजेसनका सुस्मा आले, नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाल कम्युनिस्ट पार्टीकाका गणेशबहादुर लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर साकी (गोतामे)को जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी लम्सालले जानकारी दिए । 

तनहुँ २ मा रास्वपाका श्रीराम न्यौपानेले ३२ हजार ६८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शंकर  भण्डारी र एमालेका केदार सिग्देलले पराजित भए पनि जनमत जोगाउन सफल भएका छन्। विजयी रास्वपाका श्रीराम न्यौपानेका प्रतिस्पर्धी नेपाली काँग्रेसका शंकर भण्डारीले १४ हजार १३५ र एमालेका केदार सिग्देलले ११ हजार ६६८ मत ल्याएका छन् । 

तनहुँ २ मा एक लाख २७ हजार ५१५ मतदातामध्ये कुल ६६ हजार १०१ मत खसेको थियो । ६२ हजार ५०९ मत सदर भएको छ भने तीन हजार ५३२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानतबापत रु १० हजार धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले सो धरौटी रकम फिर्ता पाउँदैन । त्यसैलाई ‘जमानत जफत’ भनिन्छ ।